Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रुख ढल्दा बस र स्कुटरमा सवार १६ जना घाइते  

रुख ढल्दा बस र स्कुटरमा सवार १६ जना घाइते  

  • आइतवार, श्रावण ८ २०७९

  • 553
    SHARES

  • रुख ढल्दा बस र स्कुटरमा सवार १६ जना घाइते  
    काठमाडौं । भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए ।
     
    सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।
     
    घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
     


    आइतवार, श्रावण ८ २०७९०१:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij