Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

झापाको चिया बगानमा मृत अवस्थामा भेटिए तीन किशोरी

झापाको चिया बगानमा मृत अवस्थामा भेटिए तीन किशोरी

  • आइतवार, श्रावण ८ २०७९

  • 894
    SHARES

  • झापाको चिया बगानमा मृत अवस्थामा भेटिए तीन किशोरी
    काठमाडौं । झापाको कचनकवल गाउँपालिका-५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
     
    गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो।
     
    चिया बगानमा मजदुरी गर्दै आएका उनीहरू शनिबार ११ बजेदेखि बेपत्ता थिए ।
     
    जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईबस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।
     
    प्रहरीले तीनै जनाको शवलाई पोस्टमार्टमका लागि पठाएको छ । तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिए पनि कारण खुलेको छैन ।


    आइतवार, श्रावण ८ २०७९०१:३१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij