Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गठबन्धनका लागि पार्टी लचिलो भए पनि सिट बाँडफाँडमा पेचिलो छ : प्रदीप पौडेल

गठबन्धनका लागि पार्टी लचिलो भए पनि सिट बाँडफाँडमा पेचिलो छ : प्रदीप पौडेल

  • आइतवार, श्रावण ८ २०७९

  • 784
    SHARES

  • गठबन्धनका लागि पार्टी लचिलो भए पनि सिट  बाँडफाँडमा पेचिलो छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धनका लागि पार्टी लचिलो भए पनि सिट बाँडफाँड पेचिलो भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भन्नुभयो, ‘निर्वाचनसम्म गठबन्धन कायम गर्ने कुरामा कांग्रेस उदार र लचिलो छ, तर सिट बाँडफाँड पेचिलो छ । चुनावमा पर्सनालिटी म्यानेज गर्न पनि अप्ठ्यारै छ । तर अर्को गठबन्धन रोक्न पनि गठबन्धन बाध्यकारी छ ।

    नेपाली कांग्रेस ठूलो पार्टी मात्र नबनेर बहुमत नजिक पुग्न गठबन्धनको पक्षमा उभिएको पनि नेता पौडेलले स्पष्ट पार्नुभयो । निर्वाचनमा बढी सिट लिने सबैको चाहना हुने बताउँदै उहाँले नेपाली कांग्रेसले सबै सिटमा लड्न नपाए पनि ठूलो पार्टी मात्र र बहुमत नजिक पुग्ने ध्येय लिएको दाबी गर्नुभयो ।

    चुनाव अभियान प्रभावकारी बनाएर सही मान्छेलाई टिकट दिन पनि उहाँले सुझाव दिनुभयो । यस्तै नेता पौडेलले आफ्नो पार्टीमा प्रधानमन्त्री बन्न योग्य थुप्रै नेताहरु भएको पनि बताउनुभयो ।


    आइतवार, श्रावण ८ २०७९०९:२७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij