काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुको तालमेल हुनु जालझेल भएको बताउनुभएको छ ।
संविधानको धारा (२६९) ले राजनीतिमा कुनै पनि पार्टी एक ठाउँमा आउन समान दर्शन, विचार, धारा हुनुपर्ने उल्लेख गरिएको र सोहि अनुसार निर्वाचन आयोगमा कर्यक्रम र विधान दर्ता हुने भएकाले अहिले यी विपरीत तालमेल हुने कुरा सिद्धान्तहिन, लोकतन्त्र र प्रतिस्पर्र्धाको राजनीतिलाई कमजोर बनाउने अलोकतान्त्रिक काम भएको बताउनुभयो ।
अहिले अलगअलग विचार धारा भएका दलहरु एक हुनु र हुने कुरा सविधानको धारा २६९ विपरीत भएको नेता रावलको दाबी छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले एमालेले स्थनीय निर्वाचनमा राजेन्द्र लिङदेन र कमल थापा लगायतसँग एकता गरेको कुरा पनि सिद्धान्तहीन र गलत भएको प्रस्ट पार्दै नेता रावलले अहिलेको तालमेलले नेपाललाई राजनीतिक संकटतिर धकेल्ने बताउनुभयो ।