Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मूल्यवृद्धिले जनता आजित, सरकार गम्भीर बन्न सकेन (खास खबर)

मूल्यवृद्धिले जनता आजित, सरकार गम्भीर बन्न सकेन (खास खबर)

  • शनिवार, श्रावण ७ २०७९

  • 719
    SHARES

  • मूल्यवृद्धिले जनता आजित, सरकार गम्भीर बन्न सकेन (खास खबर)
    काठमाडौं । दिनप्रतिदिन बढ्दै गएको मूल्यवृद्धिले जनता आजित भएका छन् । विशेषगरी सर्वसाधरण जनता, निजी क्षेत्रमा काम गर्ने कर्मचारी, श्रमिकहरू मूल्यवृद्धिको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ भने श्रमको मूल्य यथावत् रहेको छ । 
     
    मूल्यवृद्धिको विषयलाई लिएर नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले केही दिनअघि आफूले दुई प्रकारको तरकारी खान सक्ने अवस्था नभएको बताउनुभएको थियो । आफ्नो भान्सामा थरथरीका खाना पकाउन नसकिने बताएका ज्ञवालीलाई चौरासी व्यञ्जन ग्रहण गरिरहेको तस्बिर सामाजिक सञ्जालमा आएपछि भने आपत् पर्‍यो । बिहीबारको संसदमा ज्ञवालीले अमेरिकामा खाना खाइरहेको तस्बिरलाई वंग्याइएर ट्रोल गरिएको भन्दै यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग नगर्ने भनी व्यङ्ग्य गर्नुभयो । 
     
    प्रदीप ज्ञवालीको हकमा दुईथरीको तरकारी खान नमिल्ने अवस्था नहोला तर नेपालका हजारौँ जनताहरू नुन समेत नपाउने स्थितिमा पुगेका छन् । प्रतिदिन बढिरहेको मूल्यमा सरकार समेत मुख दर्शक बन्दै गएको छ । मूल्य घटाउनुको साँटो करको दायरा बढाएर जनताको ढाड सेक्नतर्फ सरकार तल्लीन देखिन्छ । जनताको पक्षमा आवाज उठाउने अधिकारकर्मीहरू समेत मूल्यवृद्धिमा सरकारलाई दोष देखाएर पन्छिरहेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पनि मूल्यवृद्धिमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । 
     
    अहिले नेपालीहरूको महान् चाडपर्व भित्रिरहेका छन् । साउने सङ्क्रान्तिबाट विभिन्न पर्वहरूको आगमन भइरहेको छ यो बेलामा बजारमा प्रत्येक वर्ष कालोबजारी हुने, अस्वाभाविक मूल्यवृद्धि हुने गर्दछ । यसको नियमनका लागि वाणिज्य तथा आपूर्ति विभागले दैनिकजसो बजार अनुगमन, कारबाही गरिरहेको प्रवक्ता हरि पङ्गेनीको भनाइ छ । 
     
    यसवर्ष भएको अचाक्ली मूल्यवृद्धिले धेरैको चुल्हो निभ्ने खतरा रहेको छ । विदेशी मुद्रा सञ्चित घट्दा मुलुककै अर्थतन्त्र डामाडोल हुने स्थितिमा पुगेका बेला जनताको चुल्हो निभ्ने खतराले थप सङ्कट पैदा गर्ने देखिन्छ । सरकार सत्ता र शक्तिको मातमा मात्र होइन त्यहाँ पुर्‍याउने नागरिकको जनजीविकाका सवालमा उदार बन्ने की ! 
     


    शनिवार, श्रावण ७ २०७९०८:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij