Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कम्युनिष्टको नाममा कांग्रेसलाई बलियो बनाउने प्रवृति परास्त गर्नुपर्छ : युवराज ज्ञवाली

कम्युनिष्टको नाममा कांग्रेसलाई बलियो बनाउने प्रवृति परास्त गर्नुपर्छ : युवराज ज्ञवाली

‘फेरि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा बढाउनेतर्फ लाग्नुपर्छ’
  • शनिवार, श्रावण ७ २०७९

  • 683
    SHARES

  • कम्युनिष्टको नाममा कांग्रेसलाई बलियो बनाउने प्रवृति परास्त गर्नुपर्छ :  युवराज ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र भएका गलत प्रवृतिविरुद्धको लडाई अहिलेको मुख्य लडाई भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले नेपालका कम्युनिष्टमा देखिएका खतरनाक प्रवृतिलाई परास्त गर्नु नै अहिलेको मुख्य लडाई भएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘सबै पार्टीभित्र यो खतरनाक प्रवृति देखिएको छ । हामी सबैले आफ्नै पार्टीभित्र यस्ता गलत प्रवृतिविरुद्ध बोल्ने, आवाज उठाउने, संघर्ष गर्ने र यस्ता कुराहरुलाई बढार्ने अभियानमा प्रत्यक कम्युनिष्टहरु लाग्नुपर्ने हुन्छ तर त्यसो नगरेर आफ्नो स्र्वाका लागि जे पनि गर्ने, जो संग पनि मिल्ने र जसरी पनि अगाडि बढ्ने भइरहेको छ । ’

    कम्युनिष्टको नाममा नेपाली कांग्रेसलाई बलियो बनाउने र अर्को कम्युनिष्टले अर्को कम्युनिष्टलाई सिध्याउन जे पनि गर्ने बर्षौ संगै काम गरेका कार्यकर्ताको विरुद्धमा उभिने प्रवृतिबाट जोगिनुपर्ने आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

    स्वार्थकेन्द्रित राजनीतिकलाई हल गर्न सबै कम्युनिष्टले आ–आफ्नो ठाउँबाट संघर्ष गर्दै फेरि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा बढाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।


    शनिवार, श्रावण ७ २०७९०७:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij