Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीतिले अर्थतन्त्रलाई मलमपट्टी लगाउन सक्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

मौद्रिक नीतिले अर्थतन्त्रलाई मलमपट्टी लगाउन सक्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

  • शुक्रवार, श्रावण ६ २०७९

  • 600
    SHARES

  • मौद्रिक नीतिले अर्थतन्त्रलाई मलमपट्टी लगाउन सक्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिले अर्थतन्त्रलाई मलमपट्टी लगाउन सक्नुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले भन्नुभयो, कतिपय अवस्थामा बजेट लोकरिझ्याइँमा लागेको हुन्छ । त्यस अवस्थामा बजेटले वित्तीय स्रोत र साधनको व्यवस्थापनमा उचित सम्बोधन गर्न सकेको छ कि छैन भनेर मौद्रिक नीतिले सरकारलाई सरसल्लाह दिन्छ । साँचो अर्थमा मौद्रिक नीतिले अर्थतन्त्रलाई मलमपट्टी लगाउन सक्नुपर्छ ।’

    मौद्रिक नीति अर्थतन्त्रमा प्रतिकूल पार्न नदिने हिसाबले आउने उहाँको विश्वास छ । यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । अहिले नेपाल राष्ट्र बैँकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बँंकले जनाएको छ ।

    आज सार्वजनिक हुने मौद्रिक नीतिबारे राष्ट्र बैँकले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेल, अर्थ सचिव मधुकुमार मरासिनी लगायतलाई जानकारी गराइसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो ल्याउने राष्ट्र बैँकको तयारी छ ।

    ब्याजदर बढ्ने, घरजग्गा र गाडी खरिदमा कडाइ, बिलासी वस्तुको आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैँकहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने तयारी राष्ट्र बैंकको छ ।

    बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ ।


    शुक्रवार, श्रावण ६ २०७९१०:१७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij