Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विदेशमा रहेका नेपाली श्रमिकको हीतका लागि सामाजिक सुरक्षा कोषमा समेटिँदै

विदेशमा रहेका नेपाली श्रमिकको हीतका लागि सामाजिक सुरक्षा कोषमा समेटिँदै

  • बिहिवार, श्रावण ५ २०७९

  • 473
    SHARES

  • विदेशमा रहेका नेपाली श्रमिकको हीतका लागि सामाजिक सुरक्षा कोषमा समेटिँदै

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ ।

    बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी, रविना थापा, वैदेशिक रोजगार राहत कोष समितिका संयोजक तथा उपाध्यक्ष आरके शर्मा र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    गैरआवसीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले सम्पूर्ण नेपाली श्रमिकको भविष्य सुरक्षित गर्ने हेतुले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले कामदारको तलबबाट केही रकम कटौति गरी कम्पनीका तर्फबाट थप्न लगाइ सामाजिक सुरक्षा कोषमा जम्मा गर्नेगरी काम भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘कम्पनीले सिधै कोषमा जम्मा गर्नपनि सक्छ, वा केही अरु मेकानिजम खडा गरिन्छ, विदेशिएको नेपाली नेपाल फर्कँदा केही राहत होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’

    11.webp

    22.webp


    बिहिवार, श्रावण ५ २०७९०६:२२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij