Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

घोडाघोडी नगरपालिकाको टोलीले भेट्यो प्रधानमन्त्री देउवालाई 

घोडाघोडी नगरपालिकाको टोलीले भेट्यो प्रधानमन्त्री देउवालाई 

  • बिहिवार, श्रावण ५ २०७९

  • 453
    SHARES

  • घोडाघोडी नगरपालिकाको टोलीले भेट्यो प्रधानमन्त्री देउवालाई 
    काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र नगरपालिकाको टोलीबीच भेटवार्ता भएको हो ।
     
    भेटमा घोडाघोडीमा रहेको कन्द्रा नदीले प्रत्येक वर्ष ठूलो क्षति पुर्‍याएको हुँदा त्यसको तटबन्ध, घोडाघोडीमा नगरस्तरीय रिङरोड र नगर कार्यालय बनेको क्षेत्रको भोकाधिकारको विषयमा छलफल भएको थियो । 
     
    प्रधानमन्त्री देउवा सबै विषयमा सकारात्मक रहेको घोडाघोडी नपा-१ का वडाध्यक्ष एवं नगर प्रवक्ता घनश्याम ओझाले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार भेटमा घोडाघोडी २ मा सञ्चालन हुन लागेको नगर अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।
     
    प्रधानमन्त्री भेट्न मेयर खडक रावत, उपमेयर गुलिया चौधरी, प्रमुख कार्यकारी अधिकृत दीपक आचार्य, वडा नम्बर १ का अध्यक्ष ओझा, ३ का अध्यक्ष कृष्ण गौतम र कांग्रेस कैलालीका उपसभापति भीम बडुवाल बालुवाटार पुगेका थिए ।

     


    बिहिवार, श्रावण ५ २०७९०४:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij