काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैङ्क, विदेशी विनिमय व्यवस्था विभागले विदेशी विनिमय इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै भारती मुद्राको कारोबार गर्ने एजेन्टलाई भारुको खरिद तथा बिक्री दुबैको सुविधा दिएको हो ।
विनियमावलीको परिच्छेद-३ को मनिचेञ्जरको काम, कर्तव्य सम्बन्धी बुँदा १० मा सो सम्बन्धी व्यवस्था गर्दै बैंकले यस्तो सुविधा दिएको हो । परिच्छेद ३ को १० को १ (क) मा भारतीय रुपैयाँको कारोबार गर्न इजाजतपत्र प्राप्त कम्पनीले सो मुद्राको खरिद तथा बिक्री दुबै कारोबार गर्न सक्नेछन् भनिएको छ ।
तर सोही परिच्छेदको ‘घ’मा यस्तो सुविधा उपभोग गर्ने अनुमतिप्राप्त एजेन्टले आफ्नो कारोबारका लागि आवश्यक पर्ने भारतीय रुपैयाँको व्यवस्था आफैले गर्नुपर्ने बताइएको छ । अन्य विदेशी मुद्राको विनिमय कारोबार गर्ने एजेन्टहरुले भने खरिदको सुविधा मात्र पाउने छन् ।