Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दुर्व्यवहार प्रकरण : हेटौँडा क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित, छानबिन समिति गठन

दुर्व्यवहार प्रकरण : हेटौँडा क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित, छानबिन समिति गठन

  • बुधवार, श्रावण ४ २०७९

  • 671
    SHARES

  • दुर्व्यवहार प्रकरण : हेटौँडा क्याम्पसका २ कार्यालय सहयोगी निलम्बित, छानबिन समिति गठन
    काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ ।
     
    क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो । विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए ।
     
    मकवानपुरमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधि, अभिभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनैपनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।
     
    बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति पनि बनाएको छ । अब हुने परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने समेत सहमति भएको हेटौँडा क्याम्पसमा साहायक क्याम्पस प्रमुख देवीराम लामाले बताउनुभयो ।
     
    मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए । ‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ ।
     
    पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।
     


    बुधवार, श्रावण ४ २०७९०२:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij