Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक  बस्दै, यी हुन् पाँच कार्यसूची

प्रतिनिधिसभाको बैठक  बस्दै, यी हुन् पाँच कार्यसूची

  • बुधवार, श्रावण ४ २०७९

  • 662
    SHARES

  • प्रतिनिधिसभाको बैठक  बस्दै, यी हुन् पाँच कार्यसूची
    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो।
     
    बैठकका लागि संसद् सचिवालयले ५ वटा सम्भावित कार्यसूची मंगलबार नै सार्वजनिक गरिसकेको छ । जसअनुसार बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यक्रम छ।
     
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सो विधेयकलाई निर्णयार्थ पेस गरिनेछ।
     
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलपछि सो विधेयकलाई निर्णयार्थ पेस गरिनेछ।
     
    यस्तै बैठकमा ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’को सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता अनुमोदन गर्ने तयारी छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले सो सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ।


    बुधवार, श्रावण ४ २०७९०७:५१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij