Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ, हेर्दै जानू : प्रचण्ड

अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ, हेर्दै जानू : प्रचण्ड

  • मंगलवार, श्रावण ३ २०७९

  • 762
    SHARES

  • अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ, हेर्दै जानू  : प्रचण्ड
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू विचार मिल्नेसँग एकता गर्नेबारे छलफल भइरहेको बताउनुभएको छ ।  
     
    आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ताकाका नेताहरूबीच विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाबारे छलफल भइरहेको बताउनुभयो । 
     
    'गठबन्धनलाई कायम राखेरै जानुपर्छ भन्नेमा हाम्रो कसैको विमति छैन । तर, स्थानीय चुनावको अनुभवलाई ध्यान दिएर आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चर्चा गर्‍यौँ । अर्कोतिर विचार मिल्नेहरूको बिचमा एकताको सम्भावनाको बारेमा पनि हामीले छलफल गरिरहेका छौँ ।'
     
    उहाँले आफूहरूबीच वामपन्थीहरूलाई कसरी एक बनाउने भन्ने विषयमा छलफल भइरहेको पनि बताउनुभयो । 
     
    'हेर्दै जानुहोला । अब वामपन्थीहरू नजिक हुँदै जान्छौँ,उहाँले भन्नुभयो ।
     
    बैठकमा ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
     
    यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो ।


    मंगलवार, श्रावण ३ २०७९०७:०३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij