काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।
एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण सोमबारको बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिएका थिए ।
अब त्यो बैठक बिहीबार बिहान ७ बजे एन्फा कम्प्लेक्स बस्ने एन्फाले जनाएको छ ।