काठमाडौं । सुनको मूल्य निरन्तर घट्दै गएको । आइतबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको छ ।
सोमबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९७ हजार २ सय कायम गरेको छ । मंगलबार तोलाको ९७ हजार ९ सय कायम गरिएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलाको ९६ हजार ७ सय कायम भएको छ । सोमबार तोलाको ९७ हजार ४ सय निर्धारण गरिएको थियो ।
आज चाँदीको मूल्य तोलाको १३ सय २० रुपैयाँमै स्थिर छ ।