Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मोदीसँग भेट नहुँदैमा प्रचण्डको भ्रमण अपूरो भन्न मिल्दैन : लोकराज बराल

मोदीसँग भेट नहुँदैमा प्रचण्डको भ्रमण अपूरो भन्न मिल्दैन : लोकराज बराल

  • सोमवार, श्रावण २ २०७९

  • 798
    SHARES

  • मोदीसँग भेट नहुँदैमा प्रचण्डको भ्रमण अपूरो भन्न मिल्दैन : लोकराज बराल

    काठमाडौं । राजनीतिशास्त्री डा. लोकराज बरालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सकारात्मक भएको बताउनुभएको छ ।

    गत शुक्रबार भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा तीन दिने भारत भ्रमणका जानुभएका प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने तय भए पनि अन्तिम समयमा आएर भेट नगरि हिजो साँझ स्वदेश फर्किनुभएको छ ।

    मोदीसँग भेट नभएर स्वदेश फर्किएपछि प्रचण्डको भारत भ्रमण अपूरो भयो भन्ने विभिन्न टिकाटिप्पणी आएको बेला बरालले जस्को निम्तोमा गएका थिए उसैसँग भेट भइसकेकाले भ्रमणलाई सकारात्मक नै मान्नुपर्ने बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, ‘सधै प्रधानमन्त्रीलाई भेट्नुपर्छ भन्ने पनि छैन, प्रचण्ड भनेका अहिले पार्टीका अध्यक्षमात्रै हुन् । भारतले गर्ने सम्मान र सत्कार गरेकै छ । कि भने पहिलेदेखि नै समय र स्थान तय हुन पथ्र्यो, जो थिएन । खाली अनुमानित मात्रै भएकाले मोदीसँग भेट नभएकै कारणले भ्रमण अर्थपूर्ण र अपूरो भन्न मिल्दैँन ।’

    ‘पार्टी टु पार्टी’ सम्बन्धका लागि बोलाएकाले विजेपीका अध्यक्षलगायत अन्य उच्च पदस्थका व्यक्तिले भेटेकाले यो भ्रमण सफल भएको मान्न सकिने उहाँको भनाइ छ ।

    यस्तै प्रचण्डले आफ्नो भ्रमण अपेक्षअनुसार नै भएको बताउनुभएको थियो । भ्रमण सकेर स्वदेश फर्किने क्रममा हिजो आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताउँदै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताउनुभएको थियो ।

    ‘के कारणले भेट भएन मैले पनि तपाईहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भन्नुभयो, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उहाँको भनाइ थियो ।

     

     


    सोमवार, श्रावण २ २०७९०७:३४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij