Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मोदीसँग भेट भएपनि त्यहीँ फोटो खिच्ने त हो, नभएपनि टेन्सन छैन : प्रचण्ड

मोदीसँग भेट भएपनि त्यहीँ फोटो खिच्ने त हो, नभएपनि टेन्सन छैन : प्रचण्ड

  • आइतवार, श्रावण १ २०७९

  • 820
    SHARES

  • मोदीसँग भेट भएपनि त्यहीँ फोटो खिच्ने त हो, नभएपनि टेन्सन छैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताउनुभएको छ ।

    उहाँले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिनुभयो। भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताउनुभयो ।

    ‘के कारणले भेट भएन मैले पनि तपाईहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भन्नुभयो, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उहाँको भनाइ छ ।


    आइतवार, श्रावण १ २०७९०७:१३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij