काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
आइतबार(आज) राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।