Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एन्फा कार्यसमिति बैठक बस्दै, महिला साफ च्याम्पियनसिप र एनएसएल मुख्य एजेण्डा

एन्फा कार्यसमिति बैठक बस्दै, महिला साफ च्याम्पियनसिप र एनएसएल मुख्य एजेण्डा

  • आइतवार, श्रावण १ २०७९

  • 696
    SHARES

  • एन्फा कार्यसमिति बैठक बस्दै, महिला साफ च्याम्पियनसिप र एनएसएल मुख्य एजेण्डा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सोमबार(भोलि) बस्दैछ ।

    एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धी मुख्य एजेण्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्तिसम्बन्धी मुख्य योजना बनाएको छ ।

    महिला साफ काठमाडौँमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारणदेखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल प्रशिक्षण सम्बन्धमा पनि एजेन्डा बनाएको छ । एन्फाको कार्यसमिति बैठकमा उप–महासचिव नियुक्त गर्ने कार्य पनि रहेको छ । त्यस्तै एन्फाको प्रवक्तामा सुरेश यादवलाई नियुक्त गर्ने कार्यसमितिको योजना छ ।


    यी हुन् मुख्य एजेन्डा:

    १. महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।

    २. एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।

    ३. एन्फाको पदपूर्ति सम्बन्धी ।

    ४. सी डिभिजन लिग छनोट सम्बन्धी ।

    ५. फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धी ।

    ६. यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धी ।


    आइतवार, श्रावण १ २०७९०२:४७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij