काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार(आज) बेलुका स्वदेश फर्किनु हुनेभएको छ । गत शुक्रबार दिल्ली जानुभएका प्रचण्ड तीन दिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले आजै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको छ। अध्यक्ष नड्डालाई भेटे लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ । प्रचण्ड गत शुक्रबारदेखि दिल्लीका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै भारतीय उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट जारी राख्नुभएको छ।