Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

  • आइतवार, श्रावण १ २०७९

  • 577
    SHARES

  • आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

    काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट पनि आजबाट कार्यान्वयनमा जानेछ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागु हुन्छन् ।

    सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्ने छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ ।

    नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । विवाहितको हकमा छ लाख रुपैयाँसम्म आयकर लाग्दैन । यद्यपी आफ्नो आम्दानीको एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ । आजदेखि पहिलो पटक विद्युती्य सेवा कर पनि लागु हुँदैछ ।

    साउनदेखि नै लागू हुने गरी सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने छ ।


    आइतवार, श्रावण १ २०७९०९:१७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij