Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टेलिकमको महसुल दरमा भोलिदेखि नयाँ दर लागू हुने

टेलिकमको महसुल दरमा भोलिदेखि नयाँ दर लागू हुने

  • शनिवार, आषाढ ३२ २०७९

  • 1.4K
    SHARES

  • टेलिकमको महसुल दरमा भोलिदेखि नयाँ दर लागू हुने
    काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरूको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आइतबार (भोलि)देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो। 
     
    कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ। 
     
    भोलिदेखि हुने समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइएको छ। पहिले उपलब्ध सबै अफरहरूलाई अब उही मूल्यमा थप डाटा तथा भाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ। त्यसैगरी, कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन्। 
     
    यस अनुसार केही अफरहरूमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन्। यस बाहेकका डाटा प्याकेज, भाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरूमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ। उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ। 
     
    त्यस्तै, सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ। यसैगरी, पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरूमा पनि थप रिसोर्स प्रदान गरिएको छ। 
     
    समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।
     
    त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमका सह प्रवक्ता रञ्जित लोहियाले बताएका छन्। 


    शनिवार, आषाढ ३२ २०७९०४:०३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij