Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका मध्ये एक जनाको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका मध्ये एक जनाको मृत्यु

  • मंगलवार, भाद्र ९ २०७७

  • 1.5K
    SHARES

  • कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका मध्ये एक जनाको मृत्यु

    हरिश्चन्द्र बाग, कञ्चनपुर, ९ भदौ । कञ्चनपुरको बेलौरीमा सोमबार राति परेको चट्ट्याङ लागेर घाइते भएका तीन जना युवक मध्ये एक जनाको मृत्यु भएको छ ।

    बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी निवासी करीब २३ वर्षीय लोकेन्द्र चन्दको उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको भएपनि सोमबार राति नै डाक्टरले मृत घोषणा गरेको छ ।

    त्यस्तै, चट्ट्याङ लागेर घाइते भएका सोही स्थान बस्ने २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाहीको धनगढी मै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो ।

    बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी स्थित घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा बसी मोबाइल चलाइरहेको समयमा सोमबार राति ०८ः२५ बजे तिर चट्ट्याङ लाग्दा उक्त दुर्घटना भएको हो ।

     


    मंगलवार, भाद्र ९ २०७७०६:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij