Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै  प्रधानमन्त्रीको ध्यानाकर्षण 

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै  प्रधानमन्त्रीको ध्यानाकर्षण 

  • शनिवार, आषाढ ३२ २०७९

  • 761
    SHARES

  • गभर्नरलाई बर्खास्त गर्न माग गर्दै  प्रधानमन्त्रीको ध्यानाकर्षण 
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
     
    प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।
     
    साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
     
    संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने,  विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।
     
    यसका साथै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गर्नुपर्ने र सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकूल परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
     
    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विवादित गभर्नर महाप्रसाद अधिकारीका विषयमा कानुनविद्सँग परामर्श गरेर आवश्यक कदम चाल्ने बताउनुभएको छ।   गभर्नरबारे के गर्ने भन्ने विषयमा कानुनविद्सँग परामर्श प्रधानमन्त्री देउवाले बताउनुभयो ।
     
    गभर्नर अधिकारी एम.अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको भन्दै आलोचना भइरहेको छ। उहाँमाथि कारबाहीको माग  उठेको छ। तर, गभर्नर अधिकारीले आफू कुनै दलमा आबद्ध नरहेको बताउनुभएको छ । एमालेले पनि एम. अधिकारी भनेका व्यक्ति गभर्नर अधिकारी नभएर अर्कै व्यक्ति भएको बताएको छ। 


    शनिवार, आषाढ ३२ २०७९०१:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij