Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देउवा प्रचण्डको औलामा नाचेका छन् : डा. सुन्दरमणि दीक्षित

देउवा प्रचण्डको औलामा नाचेका छन् : डा. सुन्दरमणि दीक्षित

  • शनिवार, आषाढ ३२ २०७९

  • 851
    SHARES

  • देउवा प्रचण्डको औलामा नाचेका छन् : डा. सुन्दरमणि दीक्षित

    काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको औंलामा नाचेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भन्नुयो,‘भारत हाम्रो कस्तो मित्र हो भने इन्डियन आयल निगमले पैसा दिएर मात्र इन्धन लैजाऊ भन्यो भने नेपाल भोलि नै श्रीलंकाको स्थितिमा जान्छ । हाम्रो भाग्य हो, भारतले अझै पनि माया गरिरहेको छ । अहिले प्रचण्ड भारत गएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा पनि प्रचण्डसँग नै पावर थियो । किन बिगारेको त भारतसँगको सम्बन्ध ? अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डको औंलामा नाचेका छन् ।’

    प्रचण्डलाई भारत बोलाउनु भारतीय जनता पार्टीको महानता भएको पनि डा. दीक्षितको टिप्पणी छ । आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउनुपर्ने पनि उहाँको भनाइ छ । डा. दीक्षितले भन्नुयभयो, ‘संसदमा जनताको आवाज पुगेन । पहिले कांग्रेसले प्रतिपक्षको भूमिका खेलेन । अहिले एमालेको भूमिका पनि पुगेको छैन । कानमा तेल हालेर बस्नेलाई अब भोट नदिऊँ । राम्रो व्यक्ति छ भने स्वतन्त्र उम्मेदवारलाई भोट दिऊँ । १५, २० जना व्यक्ति संसद्मा पुगे भने पनि मुलुकका निम्ति राम्रो हुन्छ ।’


    शनिवार, आषाढ ३२ २०७९०८:३१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij