Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्पष्ट बहुमतसहित उपसभामुखमा भुसाल विजयी, दोस्रो पटक मिल्यो सफलता (खास खबर)

स्पष्ट बहुमतसहित उपसभामुखमा भुसाल विजयी, दोस्रो पटक मिल्यो सफलता (खास खबर)

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 1.1K
    SHARES

  • स्पष्ट बहुमतसहित उपसभामुखमा भुसाल विजयी, दोस्रो पटक मिल्यो सफलता (खास खबर)
    काठमाडौं । प्रतिनिधिसभाले झण्डै ३ वर्षपछि उपसभामुख पाएको छ । तत्कालीन नेकपा सरकार बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएपछि अग्निप्रसाद  सापकोटालाई सभामुख हुन बाटो खोल्दै २०७६ माघ ६ गते डा.शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुभएको थियो । त्यसयता खाली भएको उपसभामुख पदमा आज कांग्रेस सांसद निर्वाचित हुनुभएको हो । आज बसेको प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै पुष्पा भुसाल निर्वाचित हुनुभएको हो । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी हुनुभयो भने ९३ सांसदले मत दिएनन् भने १ जना तटस्थ रहेका थिए । सभामुख सापकोटाले मत विभाजनको परिणाम घोषणा गर्नुभएको थियो । 

    भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहनुभएको थियो । भने समर्थकमा एकीकृत समाजवादीका सांसद लक्ष्मी चौधरी रहनुभएको थियो । भुसाल सत्ता गठबन्धन दलबाट र भट्टराई विपक्षी दलबाट उम्मेदवार बन्नुभएको थियो । सापकोटाले उम्मेदवारको पक्षमा रहनेलाई सभामुखको आसनको दायाँ तर्फको लबीमा गएर, विपक्षमा रहनेलाई सभामुखको आसनको देब्रेतर्फको लबीमा गएर र तटस्थ रहनेलाई सभामुखको आसनको पछाडिको लबीमा गई हस्ताक्षर गरेर मत जाहेर गर्न समय दिनुभएको थियो । हस्ताक्षर सकिए लगत्तै सभामुख सापकोटाले भुसाल उपसभामुख भएको घोषणा गर्नुभयो । 

    निर्वाचन प्रक्रियामा जानुपूर्व एमाले सांसद शेरबहादुर तामाङले विधि र पक्रिया नमिची उपसभामुख प्रतिपक्षी दलको हुनुपर्ने व्यवस्थालाई कायम गर्दै विद्या भट्टराईको पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको थियो । यद्यपि त्यो कार्यान्वयन हुन सकेन । 

    संविधानमा गरिएको व्यवस्था अनुसार उपसभामुख प्रतिपक्षी दलको हुने भन्ने व्यवस्था रहेको छ । यसअघि विधेयक ल्याएर उपसभामुख चयन गर्ने प्रक्रिया सुरु भएपछि सभामुख सापकोटाले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । त्यस लगत्तै सर्वोच्चले उपसभामुख चयन प्रक्रिया संसद्ले गर्नुपर्ने आदेश गरेको थियो । 


    शुक्रवार, आषाढ ३१ २०७९०८:०१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij