Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेरो भ्रमण आकस्मिक लागेको मात्रै हो, शंका नगरौँ : प्रचण्ड

मेरो भ्रमण आकस्मिक लागेको मात्रै हो, शंका नगरौँ : प्रचण्ड

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 508
    SHARES

  • मेरो भ्रमण आकस्मिक लागेको मात्रै हो, शंका नगरौँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गर्नुभएको छ ।

    तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको जानकारी दिनुभएको छ ।

    तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव नियुक्त भएपछि आफ्नो सल्लाहमा अहिले भारत भ्रमण तय भएको जानकारी दिनुभयो ।

    ‘बाहिर देख्दा आकस्मिक देखिएको मात्र हो । क्वात्रा राजदूत हुँदा उहाँले भारत भ्रमण मिलाउने प्रयास गर्नुभयो । पछि उहाँ विदेश सचिव नियुक्त भएपछि मलाई समय कहिले मिलाऊँ भनेर सोध्नु भयो । मैले जुलाई १५ तिर राख्नु न भनेँ । अहिले यही समयमा भारत भ्रमण तय भएको हो,’ प्रचण्डले भन्नुभयो ।

    भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारलगायतका विषयमा कुराकानी हुने प्रचण्डको भनाइ छ ।

    चार दिने नेपाल भ्रमण सकेर हालै स्वदेश फर्किएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिँदै प्रचण्डले आफू चीन भ्रमणमा आउने वचन दिएको बताउनुभयो।


    शुक्रवार, आषाढ ३१ २०७९०२:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij