Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपसभामुख चयनका लागि आज मतदान हुँदै, आफुले जित्ने दुवैजना उम्मेदवारको दावी

उपसभामुख चयनका लागि आज मतदान हुँदै, आफुले जित्ने दुवैजना उम्मेदवारको दावी

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 627
    SHARES

  • उपसभामुख चयनका लागि आज मतदान हुँदै, आफुले जित्ने दुवैजना उम्मेदवारको दावी

    काठमाडौं । उपसभामुख चयनका लागि आज शुक्रवार मतदान हुँदैछ । मतदान संघिय संसद भवन नयाँ बानेश्वरमा दिउसो ३ बजेका लागि तय भएको छ ।

    प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी परेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंग कुराकानी गर्दै दुवैजना उम्मेदवारले आफुले जित्ने दावी गर्नुभएको छ ।
    सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेस सांसद भुसालले संवैधानिक पद महिलाले पाउनु अवसर भएको बताउनु भएको छ ।

    ‘निश्चय नै जित्ने आधार छ । उम्मेदवारको लागि अवसर दिनु भयो । सकारात्मक पहल स्वस्थ्य प्रतिस्पर्धा छ । रिक्त पद तुरुन्त परिपुर्ति गर्नुपर्छ भन्ने संदेश पनि हो।’ भुसालको भनाइ छ ।

    नेपाली बहसमा बोल्दै, प्रमुख प्रतिपक्ष दल एमालेबाट उम्मेदवारी दिनुभएकी विद्या भट्टराईले पनि आफुले जित्ने आधार भएको बताउनुभयो ।

    उहाँले संसदमा प्रतिपक्षको महत्वपुर्ण जिम्मेवारी र भुमिका रहने भएकाले सवैभन्दा ठुलो दलको हैसियतले उम्मेदवारी आवश्यक रहेको बताउनु भयो । ‘सवैले तपाई जित्नुपर्ने उम्मेदवार हो भन्नुहुन्छ ’ भट्टराईको भनाई छ ।


    शुक्रवार, आषाढ ३१ २०७९०७:२२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij