Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बलात्कार र बेपत्ता गरेको आरोप लागेका बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

बलात्कार र बेपत्ता गरेको आरोप लागेका बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

  • शुक्रवार, आषाढ १९ २०७७

  • 981
    SHARES

  • बलात्कार र  बेपत्ता गरेको आरोप लागेका बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

    काठमाडौं । बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सर्लाहीले बिहीबार (हिजो) साँझ बालबालिका सम्बन्धी ऐन, ०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो । सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमका अनुसार बम्जनसहित ३ जनालाई प्रतिवादी बनाइएको छ । जसमा मुख्य प्रतिवादी रामबहादुर बम्जन नै छन् भने उनलाई सघाएको आरोपमा आश्रम प्रमुख ज्ञानबहादुर बम्जन र जेवी गुरु भनिने जितबहादुर तामाङ छन् । गौतमका अनुसार बम्जनलाई १४ वर्षसम्म र अरु दुई जनालाई त्यसको आधा सजायको मागदाबी गरिएको छ । यसअघि पटक–पटक प्रहरीले बम्जनको आश्रममा छापा मारेको भए पनि उनलाई फेला पार्न सकेको छैन । हाल तीनैजना फरार छन् । बम्जनले ०७३ साउन २० मा आश्रममै आएकी आनीलाई प्रलोभनमा पारेर यौन शोषण र बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ०७६ माघमा उजुरी परेको थियो ।

    बलात्कार सम्बन्धी कसुरमा घटना भएको एक वर्षसम्ममा उजुरी दर्ता गरिसक्नुपर्ने र मुद्दा दायर गरिसक्नुपर्ने हदम्यादका कारण मुद्दा पेश गरिएको गौतमले जानकारी दिए । अब कानुनी प्रक्रिया सुरु भएकाले अदालतकै आदेशअनुसार अगाडि बढ्ने उनले बताए ।



    शुक्रवार, आषाढ १९ २०७७०३:४४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij