Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काम गर्न दिइएन भने फेरि सभापति बन्ने देउवाको चेतावनी

काम गर्न दिइएन भने फेरि सभापति बन्ने देउवाको चेतावनी

कोइराला पक्षलाई पार्टी कार्यालयमै भेला गर्न सुझाव 
  • बुधवार, आषाढ २९ २०७९

  • 1.5K
    SHARES

  • काम गर्न दिइएन भने फेरि सभापति बन्ने देउवाको चेतावनी
    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शेखर कोइराला पक्षमाथि खनिनुभएको छ । उहाँले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिनुभएको छ । 
     
    कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोशसमेत पोख्नुभयो ।  भेला आयोजना गर्ने भए पार्टी कार्यालयमै गर्न पनि उहाँले सुझाव दिनुभएको छ । 
     
    सोमबारदेखि जारी बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएपछि आजको बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ । 
     
    भोलि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 
     
    केन्द्रीय सदस्यहरूले सरकारको कामकारबाहीको विषयमा पनि प्रश्न उठाएपछि भोलिको बैठकमा मन्त्रीहरूले पनि जवाफ दिने कार्यक्रम राखिएको नेताहरूले बताएका छन् । भोलि नै पदाधिकारीले पनि आफ्नो धारणा राख्नेछन् ।
     


    बुधवार, आषाढ २९ २०७९०६:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij