Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेको विभागमा रहेका एम अधिकारी गभर्नर नै हुन ?

एमालेको विभागमा रहेका एम अधिकारी गभर्नर नै हुन ?

  • बुधवार, आषाढ २९ २०७९

  • 1.6K
    SHARES

  • एमालेको विभागमा रहेका एम अधिकारी गभर्नर नै हुन ?

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले आफू प्रमुख रहेको विभागमा उल्लेखित एम अधिकारी महाप्रसाद अधिकारी नरहेको बताउनुभएको छ ।

    विभागको सदस्यमा रहेका खोटाङका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद भनी सत्तापक्षबाट प्रचार भएपछि भुसालले सार्वजनिक रूपमा सो स्पष्टीकरण दिनुभएको हो ।

    उहाँले अधिकारी स्वयंले आफू कुनै पार्टी राजनीतिमा नरहेको र उक्त व्यक्ति आफू नभएको स्पष्ट पारिसकेको भन्दै सार्वजनिक पदमा भएका व्यक्ति एमालेको कमिटी र विभागमा रहने व्यवस्था नरहेको बताउनुभएको हो ।

    भुसालको भनाइ यस्तो छ

    म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ ।

    प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ ।

    दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।


    बुधवार, आषाढ २९ २०७९०२:०८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij