Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपसभामुखको निर्वाचन : यस्तो छ कार्यतालिका

उपसभामुखको निर्वाचन : यस्तो छ कार्यतालिका

  • बुधवार, आषाढ २९ २०७९

  • 1.2K
    SHARES

  • उपसभामुखको निर्वाचन : यस्तो छ कार्यतालिका
    काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख चयन गर्न दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार असार ३१ गते शुक्रबार निर्णयार्थ प्रस्तुत गरिने भएको छ । अर्थात् ३१ गते उपसभामुखका लागि निर्वाचन हुने भएको छ ।  
     
    संघीय संसद् सचिवालयले बुधबार(आज) सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३० गते उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्ट्याइएको छ ।  यसरी सूचना दर्ता गर्न असार ३० गते बिहान ११ बजेदेखि १ बजेसम्मको समय छुट्ट्याइएको छ । त्यस्तै निर्धारित समयमा दर्ता भएका सूचनालाई मात्र क्रमअनुसार सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ ।उपसभामुखको मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
     
    suchana_pT140UJUcD.jpg


    बुधवार, आषाढ २९ २०७९०१:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij