Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

गभर्नर अधिकारीमाथि छानबिन गर्न माग

गभर्नर अधिकारीमाथि छानबिन गर्न माग

  • बुधवार, आषाढ २९ २०७९

  • 520
    SHARES

  • गभर्नर अधिकारीमाथि छानबिन गर्न माग

    काठमाडौं । माओवादी केन्द्रका सांसदहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेका छन् ।

    प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी थिइन् ।

    ’एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नुपर्नेमा अर्थतन्त्र बिगार्न लागिरहनुभएको छ । उहाँका विषयभा गम्भीर छानबिन गरियोस् । दोषीउपर कारबाही गरियोस्,’ उनको भाग थियो ।

    राष्ट्र बैंक ऐन, कर्मचरी नियमावली, गभर्नरको योग्यता लगायतका व्यवस्थाविपरीत गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभागमा सदस्य बनाइएको शर्माको भनाइ थियो ।

    अर्थतन्त्रका विषयमा नियोजित ढंगले प्रमुख प्रतिपक्षले आक्रमण गरिरहेको र त्यसमा अधिकारीले सहयोग गरेको भन्ने सांसद शर्माको आरोप थियो ।
    त्यस्तै, सांसद अञ्जना विशंखेले पनि गभर्नर अधिकारीमाथि छानबिन हुनुपर्ने माग गरेकी थिइन् ।

     


    बुधवार, आषाढ २९ २०७९१२:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij