एजेन्सी । युक्रेनको समग्र क्षेत्रफलमा बस्ने मानिसहरूलाई द्रुत गतिमा रुसी नागरिकता लिने विकल्प उपलब्ध गराइएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार एक निर्देशन जारी गर्दै सबै युक्रेनीलाई रुसी नागरिकता लिने बाटो खोलेका हुन् । यसअघि डोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिझझिया क्षेत्रका युक्रेनजीका लागि यो विकल्प उपलब्ध थियो ।
अब विदेशीहरूले नागरिकताका लागि निवेदन दिँदा सजिलो प्रक्रिया अपनाउन सक्नेछन् । पाँच वर्ष रुसमा बसेको हुनुपर्ने, आयस्रोत खुलाउनुपर्ने र रुसी भाषा जानेको परीक्षा दिनुपर्ने सर्तहरू हटाइएका छन् ।
यसरी युक्रेनीहरूलाई नागरिकता दिएर पुटिनले युक्रेन राज्य रुसमा विलय गराउनका लागि पृष्ठभूमि तयार पारेको विश्लेषकहरूले बताएका छन्।