Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेखर कोइरालाले आफ्नो अस्तित्व रहदैँन भन्ने बुझेर देउवाको विरोध गरे : फरमुल्लाह मन्सुर

शेखर कोइरालाले आफ्नो अस्तित्व रहदैँन भन्ने बुझेर देउवाको विरोध गरे : फरमुल्लाह मन्सुर

'देउवा पार्टीको हितमा सफल'
  • मंगलवार, आषाढ २८ २०७९

  • 878
    SHARES

  • शेखर कोइरालाले आफ्नो अस्तित्व रहदैँन भन्ने बुझेर देउवाको विरोध गरे : फरमुल्लाह मन्सुर

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले शेखर कोइराला पक्षले लगाएका आरोपहरु सबै गलत भएको बताउनुभएको छ ।

    पराजित कोइरालाले सभापति शेरबहादुर देउवाले गरेका कामहरुको प्रसंशा गरे भने आफ्नो अस्तित्व रहदैँन भन्ने बुझेर देउवाले गरेका कामहरुको विरोध गर्दै हिडेको आरोप लगाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्सुरले भन्नुभयो, ‘निर्वाचनमा आफूलाई हराएर जितेको मान्छे (शेरबहादुर देउवा) ले धेरै राम्रा काम गरे भनेपछि शेखर कोइरालाको अस्तित्व रहदैँन होला भन्ने बुझेर जायजलाई पनि नाजायज भनेर हिडिराछन्, त्यसैले सत्य मानेर कोइराला पक्ष सहि हो देउवा असफल भए भन्ने बुभ्नु गलत हो ।’

    यस्तै सहमहामन्त्री मन्सुरले कांग्रेसलाई सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गराएका देउवा पार्टीको हितमा सफल भएको दाबी समेत गर्नुभयो । देउवाको विरोध गर्नेहरु बिफल भएको पनि उहाँको भनाइ छ ।

    यस्तै हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । सहमहामन्त्री मन्सुरका अनुसार आजको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने छ।

    भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध अजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

    हिजोको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ। त्यस्तै, बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका थिए।

    केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ। बैठक आजै नसकिने केहि दिन चल्ने पनि उहाँले बताउनुभयो ।

    मन्सुरका अनुसार बैठकमा गठबन्धन लगायतका विभिन्न विषयमा पनि छलफल हुने र आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी परिचालन लगायतका विषयमा पनि छलफल हुने छ।


    मंगलवार, आषाढ २८ २०७९०७:१४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij