Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कमला नदी किनारमा भेटियो दुई युवकको शव 

कमला नदी किनारमा भेटियो दुई युवकको शव 

  • सोमवार, आषाढ २७ २०७९

  • 558
    SHARES

  • कमला नदी किनारमा भेटियो दुई युवकको शव 
    काठमाडौं। सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित कमला नदी किनारमा दुई युवकको शव फेला परेको छ ।
     
    बन्दीपुरका १७ वर्षीय मोहम्मद अलि र भारतको बिहार घर भएका १९ वर्षीय जफर शेखको शव सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । जफर शेख आफ्नो मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका थिए ।
     
    आइतबार दिउँसो घरबाट निस्किएका दुबै जना घर नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजीका क्रममा सोमबार बिहान दुबैको शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता एवं डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार कपडा खोलेर दुबै जना पौडी खेल्न नदीमा पसेको प्रहरी अनुसन्धानबाट देखिएको छ । दुबैको शव पोस्टमार्टमका लागि लहान अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, आषाढ २७ २०७९०५:२४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij