Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

चुनावको समीक्षालगायतका विषयमा छलफल हुने
  • सोमवार, आषाढ २७ २०७९

  • 808
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय भएको छ ।

    आजको बैठकमा वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा केन्द्रित हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यस्तै बैठकले बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र मान्यता दिने निर्णय समेत गर्ने प्रवक्ता डा महतले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    यसअघि आइतबारको पदाधिकारीसहितको बैठकले शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थामध्ये ११ वटालाई मान्यता दिने निर्णय गरेको थियो ।

    कांग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता पाउनका लागि २७ वटा संस्थाले आवदेन दिएका थिए। ।

    नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, जनसम्पर्क समिति, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, मुस्लिम संघ, तामाङ संघ, मगर संघ र ठाकुर समाज हाल भ्रातृ संस्थाको रुपमा क्रियाशील छन् ।

     


    सोमवार, आषाढ २७ २०७९०७:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij