Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै प्रदर्शन 

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै प्रदर्शन 

  • आइतवार, आषाढ २६ २०७९

  • 762
    SHARES

  • करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै प्रदर्शन 
    काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पतालको भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर–६ का १७ वर्षीया विजय विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 
     
    अस्पतालको भवन निर्माणको काम गर्दैगर्दा करेन्ट लागेर उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुजर कार्कीले बताउनुभयो । 
     
    विजयको मृत्युसँगै आइतबार आफन्तहरुले मेहलकुना बजारमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका हुन् । स्थानीयहरूले सडकमा टायर बालेर आवतजावत बन्द गरेका छन् भने सवारी साधान चल्न सकिरहेका छैनन्। 
     


    आइतवार, आषाढ २६ २०७९०४:५०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij