Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निवासमै पुगेर प्रदर्शनकारीले आक्रमण गरेपछि श्रीलंकाका राष्ट्रपतिले कुलेलम ठोके 

निवासमै पुगेर प्रदर्शनकारीले आक्रमण गरेपछि श्रीलंकाका राष्ट्रपतिले कुलेलम ठोके 

  • शनिवार, आषाढ २५ २०७९

  • 867
    SHARES

  • निवासमै पुगेर प्रदर्शनकारीले आक्रमण गरेपछि श्रीलंकाका राष्ट्रपतिले कुलेलम ठोके 
    काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे शनिबार कोलम्बोमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । 
     
    आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाको अवस्था दिनप्रतिदिन खराब हुदै गएको छ । शनिबार देशको स्थितिबाट आजित भिडले राष्ट्रपति गोटाबायाको सरकारी आवासलाई घेरा हालेपछि उनी आवास छाडेर भागेका हुन् ।
     
    कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी आवासलाई प्रदर्शनकारीहरूले दिउँसोदेखि घेरा हाल्न सुरु गरेका थिए । भिड उग्र बन्दै गएपछि प्रदर्शनकारीहरू तोडफोडमा उत्रिए । प्रदर्शनकारीले सांसद रजिता सेनारत्नेको घरमा पनि आक्रमण गरेका छन् । 
     
    राष्ट्रपतिलाई सुरक्षाका लागि अन्यत्र सारिएको शीर्ष रक्षा स्रोतले एएफपीलाई बताएको सो समाचार संस्थाले बताएको छ ।  सेनाले आक्रोशित भीडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न हवाइ फायर गरेको सोही स्रोतले बताएको एएफपीले लेखेको छ । 
     
    श्रीलंकाको एक निजी टेलिभिजन सिरासा टिभीले कडा सुरक्षा घेराभित्र हुने राष्ट्रपति निवासमा भीड प्रवेश गरेको भिडियो फुटेज प्रसारण गरेको छ । अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिएपछि श्रीलङ्काले महिनौंसम्म खाद्यान्न र इन्धनको अभाव भोगिरहेको छ । यसबीच महँगी आकासिएसँगै दैनिक जीवन निकै कठिन बन्दै गएको छ ।
     
    देशको अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शनका लागि शनिबार देशभरबाट विशाल राजधानी कोलम्बो उत्रिएको छ ।  विपक्षी दल, अधिकारकर्मी र बार एसोसिएसनले प्रहरी प्रमुखलाई मुद्दा हाल्ने धम्की दिएपछि प्रहरीले शुक्रबार जारी गरेको कर्फ्यु आदेश फिर्ता लिएको थियो ।


    शनिवार, आषाढ २५ २०७९०३:१२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij