Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिविको लापरबाहीका कारण पाठ्यक्रममै नभएको प्रश्न आएपछि विद्यार्थी आन्दोलित

त्रिविको लापरबाहीका कारण पाठ्यक्रममै नभएको प्रश्न आएपछि विद्यार्थी आन्दोलित

  • शनिवार, आषाढ २५ २०७९

  • 734
    SHARES

  • त्रिविको लापरबाहीका कारण पाठ्यक्रममै नभएको प्रश्न आएपछि विद्यार्थी आन्दोलित
    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीए छैठौं सेमेस्टरको परीक्षामा पाठ्यक्रममै नभएको प्रश्न आएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि विद्यार्थीहरूले नाराबाजीसहित आन्दोलन गरिरहेका छन् ।
     
    आज भएको नेपाली राजनीति र समाज विषयको परीक्षाको प्रश्नपत्रमा पाँचौं सेमेस्टरको समाजशास्त्र विषयका प्रश्नहरू आएको विद्यार्थीहरूको दाबी छ ।
     
    त्रिभुवन विश्वविद्यालयले ठूलो लापरबाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् । विद्यार्थीको आन्दोलनका कारण बागबजार क्षेत्रको सडक अवरुद्ध छ ।
     
    यसैपटकको परीक्षामा २२ गते भएको संस्थागत व्यवहार विषयको प्रश्नपत्रमा पनि कमजोरी भेटिएको विद्यार्थीहरूले जनाएका छन् । जसमा एउटा कलेजको प्रि-बोर्डको प्रश्न परेपछि विद्यार्थीले दिएको परीक्षा स्थगित गरी साउन १ गते फेरि लिने भनिएको छ ।
     
    तर, सूचनामा भने कुनै कारण नखुलाइएको विद्यार्थीले बताएका छन् ।


    शनिवार, आषाढ २५ २०७९०१:४६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij