Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

  • शुक्रवार, आषाढ २४ २०७९

  • 877
    SHARES

  • आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय
    काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले  शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
     
    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। 
     
    आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सना समेत गरेको छ।
     
    ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ। उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
     
    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएको हो। स्थानीय समयअनुसार बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो।
     
    आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो।


    शुक्रवार, आषाढ २४ २०७९०७:५५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij