Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई हुने भयो यति सम्मको सजाय 

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई हुने भयो यति सम्मको सजाय 

  • शुक्रवार, आषाढ २४ २०७९

  • 805
    SHARES

  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने युवालाई हुने भयो यति सम्मको सजाय 
    काठमाडौं । गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटेलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७-७ वर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । 
     
    यौन दुर्व्यवहार गर्ने गुर्भाकोट-९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो । 
     
    जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वल रावलले दुर्व्यवहार भएको होटेलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरी असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । 
     
    युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरूले यौन दुर्व्यवहार गरेको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो ।
     
    उनीहरूले उतिबेला नै प्रहरी समक्ष गल्ती स्वीकार गरेका थिए । तीनैजना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर मुद्दाको प्रक्रिया अघि बढाएको थियो । बाहिरी समाजबाट टाढा, जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा यो घटनालाई कतिपयले व्याख्या गरेका थिए । 
     
    राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई गैर राउटे ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेका थिए ।


    शुक्रवार, आषाढ २४ २०७९०३:२३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij