Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

यौनहिंसामा हदम्याद तीन वर्षसम्म बनाउने संसदीय समितिको निर्णय

यौनहिंसामा हदम्याद तीन वर्षसम्म बनाउने संसदीय समितिको निर्णय

  • शुक्रवार, आषाढ २४ २०७९

  • 629
    SHARES

  • यौनहिंसामा हदम्याद तीन वर्षसम्म बनाउने संसदीय समितिको निर्णय
    काठमाडौं । संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले यौनहिंसामा परेकाहरूले उजुरी गर्ने समय घटनाको तीन वर्षसम्म हुनु पर्ने निर्णय गरेको छ।
     
    शुक्रबार बसेको समिति बैठकले यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्दै यौनहिंसामा हदम्याद बढाउने निर्णय सर्वसम्मत तरिकाले गरेको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार अब यौनहिंसाका मुद्दामा पीडितले दुई वर्षसम्म उजुरी दिन पाउनेछन्।
     
    यसअघि यौनहिंसा पीडितले १ वर्षसम्म मात्रै उजुरी गर्न पाउने गरी हदम्याद तोकिएको थियो।


    शुक्रवार, आषाढ २४ २०७९०२:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij