Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भारतद्वारा पिठो र आँटा निर्यातमा कडाइ

भारतद्वारा पिठो र आँटा निर्यातमा कडाइ

  • बिहिवार, आषाढ २३ २०७९

  • 709
    SHARES

  • भारतद्वारा पिठो र आँटा निर्यातमा कडाइ
    काठमाडौं । भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सह उत्पादनहरू निर्यातमा कडाइ थालेको छ । २८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सह-उत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।
     
    नयाँ नियम पछि अब भारतबाट गहुँको पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ । गत ३० वैशाखमा गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
     
    पिठो लगायतका वस्तु निर्यातको निर्णय बुधबार गरेको पनि समाचारहरूमा जनाइएको छ । विवरणहरू अनुसार अघिल्लो वर्ष अप्रिलमा २६ हजार टन पिठो निर्यात भएकामा गहुँ निर्यातमा रोक लगाएपछि यस्ता वस्तुको निर्यात एक महिना मै ९६ हजार टन पुगेको थियो ।


    बिहिवार, आषाढ २३ २०७९०५:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij