काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी गठन गरेको छ । पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरिएको अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकलाई जानकारी दिनुभएको छ ।
स्थायी कमिटीमा रहनेमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहनेछन् ।
यस्तै कहीँ आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको प्रचण्डले बैठकमा जानकारी गराउनुभएको छ । केन्द्रीय समिति बैठकले प्रचण्डको प्रस्ताव पारित गरेको एक नेताले जानकारी दिएका छन् ।