Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

औषधिको मूल्य समायोजन गर्ने तयारी 

औषधिको मूल्य समायोजन गर्ने तयारी 

  • बिहिवार, आषाढ २३ २०७९

  • 689
    SHARES

  • औषधिको मूल्य समायोजन गर्ने तयारी 

    काठमाडौं । औषधि व्यवस्था विभागले सिटामोल र जीवनजलको मूल्य बढाउन लागेको भन्दै संसदमा विरोध भएको छ । विभागले भने सिटामोल र जीवनजललाई जोडेर समग्र औषधिको मूल्य समायोजन प्रक्रियालाई अलमल्याउन खोजिएको आरोप लगाएको छ ।

    विभागका महानिर्देशक भरत भट्टराईले औषधिको मूल्य समायोजनका लागि विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फाइल पठाएको जानकारी दिनुभयो । मन्त्रालयले औषधिको मूल्य समायोजना फाइल स्वीकृत गरी मन्त्रिपरिषद् बैठकमा पठाएर निर्णय भएको खण्डमा मूल्य समायोजन हुने उहाँको भनाइ छ । विभागका अनुसार करिब ७ वर्ष यता कुनै पनि औषधिको मूल्य समायोजन गरिएको छैन । यसभन्दा अघि २०६४ सालमा २२ थरी औषधि र २०७३ सालमा ९६ थरी औषधिको मूल्य तोकिएको थियो ।
     
    उहाँले केही औषधिको मूल्य समायोजनलाई ‘मूल्यवृद्धि’ भनेर बुझन् नहुने पनि प्रस्ट पार्नुभयो । बजारमा कच्चा पदार्थ र औषधिको मूल्य वृद्धि भएकाले विभागले मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाएको उहाँले बताउनुभयो । 
     
    बजारमा एउटै कम्पनीका औषधिका मूल्य दर्ता पनि भिन्नाभिन्नै रहेको उहाँको भनाइ छ । त्यसैले औषधिको मूल्यमा एकरुपता ल्याउन समायोजन अतिआवश्यक रहेको उहाँले बाउनुभयो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा स्वदेशी औषधि उत्पादक कम्पनीले सस्तो दरमा औषधि उत्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । 
     
    महानिर्देशक भट्टराईले औषधि कम्पनीले औषधिको मूल्य बढाइरहँदा त्यसलाई नियमन गर्न खोजिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै रिफ्रेन्स मूल्यलाई आधार मानेर मूल्य नवीकरण गर्दै आएको उहाँको जिकिर छ । अन्तर्राष्ट्रिय बजारमा क्यान्सर, मधुमेह लगायतका रोगका औषधिको मूल्य घटेको छ । त्यसैले औषधिको मूल्य समायोजनले धेरै औषधिको मूल्य घट्ने महानिर्देशक भट्टराईको भनाइ छ ।
     
    भट्टराईका अनुसार नेपालमा १८ हजार ब्रान्डका औषधि बिक्री गरिन्छ । जसमा जम्मा ११६ थरीका औषधिको मूल्य निर्धारण गरिएको छ । मूल्य समायोजन नहुँदा औषधिको कम्पनी अनि ब्रान्डअनुसार फरकफरक मूल्य तिर्न उपभोक्ता बाध्य छन् । यस्तै, विभागले विभिन्न रोगका एन्टिबायोटिक औषधि ९० थरी र थरीथरीका दीर्घरोगका लागि २७ वटा औषधिको मूल्य हालसम्म निर्धारण गरिएको छ ।


    बिहिवार, आषाढ २३ २०७९०३:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij