Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने जमैका तल्लावाजबाट सिपिएल खेल्ने

सन्दीप लामिछाने जमैका तल्लावाजबाट सिपिएल खेल्ने

  • बुधवार, आषाढ २२ २०७९

  • 1.1K
    SHARES

  • सन्दीप लामिछाने जमैका तल्लावाजबाट सिपिएल खेल्ने

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् ।

    आगामी ३० अगस्ट देखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

    सन्दीपले २०२० मा पनि जमैका तल्लावाजबाटै सिपिएल खेलेका थिए । उनले यसअघि सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स तथा बार्बाडोस ट्रिडेन्ट्स पनि सिपिएल खेलिसकेका छन् । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा पाँचजनालाई ड्राफ्टअगाडि नै अनुबन्ध गरेको हो।

    जमैकामा विदेशी खेलाडीको कोटामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम, अस्ट्रेलियाका क्रिस ग्रिन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् छन् । मंगलबार मात्रै सन्दीपले श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर (एलपिएल) खेल्ने पक्का भएको थियो ।

     


    बुधवार, आषाढ २२ २०७९०७:१३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij