Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीको राजीनामापछि छानबिन समिति सक्रिय, सुक्ष्म अध्ययन हुँदै (खास खबर)

अर्थमन्त्रीको राजीनामापछि छानबिन समिति सक्रिय, सुक्ष्म अध्ययन हुँदै (खास खबर)

  • बुधवार, आषाढ २२ २०७९

  • 726
    SHARES

  • अर्थमन्त्रीको राजीनामापछि छानबिन समिति सक्रिय, सुक्ष्म अध्ययन हुँदै (खास खबर)

    काठमाडौं । लामो समयको आलोचनापछि अर्थमन्त्री पदबाट जनार्दन शर्माले राजीनामा दिनुभएको छ । आज ढिलोगरी बसेको प्रतिनधिसभाको बैठकमा बोल्दै शर्माले आफूले कुनैपनि कमजोरी नगरेकोले निर्धक्क भएर संसदीय छानबिन समितिलाई सघाउनका लागि राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।

    सीसीटिभी फुटेज गायब पारिएको सम्बन्धमा बोल्दै शर्माले आफूलाई ज्ञान नै नभएको कुरामा बदमासी गर्न नसक्ने भन्दै जवाफ दिनुभयो । सीसीटिभी फुटेज गायब पार्नुपर्ने कुनै कारण नभएको पनि शर्माको प्रष्टोक्ति थियो ।

    आफ्नो बचाउ गर्दै उहाँले हजारौँ छानबिनका लागि तयार रहेको भन्दै समितिलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्र र जनताप्रतिको आफ्नो इमान्दारितालाई कतैपनि डगमगिन नदिएको शर्माको धारणा थियो ।

    संसदमा शर्मा बोल्नुपूर्व प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहिरिएको थियो । नैतिकता गुमिसकेको मन्त्रीले रोष्टमबाट बोल्न नपाउने धारणा राख्दै एमाले सांसद योगेश भट्टराईले पूर्व अर्थमन्त्रीका रुपमा संसदीय छानबिन समितिले उहाँको बयान लिनुपर्ने धारणा राख्नुभएको थियो ।

    नेपालको हकमा कुनै पनि राजकीय पदमा बसेका व्यक्तिहरुले राजीनामा दिइसकेपछि छानबिननै नहुने र बचाउ गर्ने नजीर स्थापित भएको पाइन्छ । यहीँ कारण अर्थमन्त्री शर्माको राजीनामापछि के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

    सीसीटिभी फुटेज गायब गर्ने, जेठ १४ गते मध्यराति अमुख व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराउने विषयमा अर्थमन्त्री मात्रै संलग्न होलान् त भन्नेमा धेरैको शंका छ, यसमा राज्यका जिम्मेवार दलका शीर्ष नेताहरुमाथि पनि छानबिन हुनुपर्ने आवाज उठिरहेको छ । संसदीय छानबिन समितिका सदस्य खगराज अधिकारीले अर्थमन्त्री शर्माले सीसीटिभी फुटेज गायब गरेपनि त्यसलाई पुन रिकभर गरेर हेर्न सकिने बताउँदै उहाँले गरेको गल्तीको गहन छानबिन हुने दाबी गर्नुभयो ।

    वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

    आफूमाथि प्रश्न उठेपश्चात राजीनामा दिने नजीरलाई तोड्दै र प्रतिपक्षी दल नेकपा एमालेमाथि मुखभरीको जवाफ फर्काएका अर्थमन्त्री शर्मा अहिले आफै संकटमा पर्नुभएको छ । सीसीटिभी फुटेज गायब पारिनुले थप शंकाको घेरामा परेका शर्मामाथि निष्पक्ष छानबिन हुनुपर्ने चर्को दबाब बढेको छ ।


    बुधवार, आषाढ २२ २०७९०८:०६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij