काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लङ्का प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् ।
उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट टिममा समावेश गरेका छन् ।
दम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेको छ ।
लामिछानेले दिल्ली डेयर डेभिल्सबाट इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटसमेत खेलिसकेका छन् ।