Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जब्बर अर्थमन्त्री, कसको छ दरिलो साथ ? (खास खबर)

जब्बर अर्थमन्त्री, कसको छ दरिलो साथ ? (खास खबर)

  • मंगलवार, आषाढ २१ २०७९

  • 682
    SHARES

  • जब्बर अर्थमन्त्री, कसको छ दरिलो साथ ? (खास खबर)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जेठ १४ गते मध्यराति अमुख व्यक्तिहरुलाई मन्त्रालय प्रवेश गराएर करको दायरामा परिवर्तन गरेको विषय पेचिलो बन्दै गएको छ । आज अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन समेत भएको छ । दोषीलाई कारबाही गर, आन्दोलन जारी छ लगायतका नारासहित युवासंघ लगायतका संगठनहरुले शर्माको राजीनामा मागेका छन् ।

    स्वयं माओवादी पार्टीभित्र पनि शर्माको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत अर्थमन्त्री शर्माको विषयलाई लिएर नैतिक दबाब परिरहेको छ ।

    माओवादी केन्द्रका नेताहरुले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने आवाज उठाउँदै आएका छन् । नेता हरिबोल गजुरेलले यर्थाथता बुझेर मात्रै अर्थमन्त्रीको विषयमा निर्णय लिनुपर्ने बताउनुभएको छ । उहाँले अर्थमन्त्री एक्लै समावेश हो वा मन्त्रालयका अन्य कर्मचारी पनि सहभागी थिए भन्ने कुरा प्रष्ट रुपमा आउनुपर्ने बताउनुभयो ।

    माओवादी केन्द्रमा पार्टी पदाधिकारी टुंग्याउन सकस परिरहेका बेला अध्यक्ष प्रचण्डकै योजना अनुसार अर्थमन्त्री शर्मालाई पदबाट नहटाइएको आंकलन समेत गर्न थालिएको छ । पार्टी महासचिवका लागि दाबेदार शर्मा र वर्षमान पुनको सन्तुलन मिलाउनका निम्ति पनि अध्यक्ष प्रचण्ड केही समय नरम बनेको हुनसक्ने माओवादीकै नेताहरुको बुझाइ छ ।

    यता, कांग्रेस महामन्त्री समेत रहेका गगन थापाले अर्थमन्त्रीको राजीनामा माग गरेपछि पार्टीमा बहस शुरु भएको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले थापाले उठाएको विषय पार्टीको निर्णय नभएको प्रतिक्रिया दिनुभएको छ । अर्थमन्त्रीलाई राख्ने वा फिर्ता बोलाउने विषय माओवादी केन्द्रकै तजबिजमा रहेको उहाँको तर्क छ ।

    माओवादी केन्द्रकै नेता डिलाराम आचार्यले पनि कुरा उठिसकेपछि छानबिन हुनु स्वभाविक रहेको बताउनुभएको छ । केन्द्रीय समिति बैठकपछि अर्थमन्त्रीको मुद्धामा पार्टीले छलफल गर्नेपनि उहाँको भनाइ छ ।

    बजेट निर्माणमा बिचौलिया प्रयोग गरेपछि विवादित बनेका अर्थमन्त्री शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । शर्माले राज्यको गोपनीयता भंग गरेकोले शर्माले राजीनामा नदिए बर्खास्त गरेर थप कारबाही गर्नुपर्ने सर्वत्र माग उठेको छ । सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ ।

     


    मंगलवार, आषाढ २१ २०७९०८:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij